नेकपा सचिवालय बैठक र स्थायी कमिटी बैठक दुवै स्थगित



काठमाडौं २ श्रावण । आजका लागी बोलाइएको नेकपा सचिवालय बैठक भोलि शनिबारका लागि स्थागित गरिएको छ भने आजै बोलाइएको स्थायी कमिटीको बैठक पनि ४ गते सम्मका लागी स्थगित गरिएको छ । दुई अध्यक्ष केपी शर्मा ओली र दाहाल तथा वरिष्ठ नेता माधवकुमार नेपालबीचको शक्ति संघर्ष थामिने अवस्था नभएपछि सचिवालय बैठक डाकिएको हो।
सचिवालय बैठकमा पनि सहमतिको प्रयास गरिने बताइएको छ। अध्यक्ष दाहाल र नेपाल एकातिर उभिएपछि तत्काललाई ओली सचिवालय र स्थायी कमिटीमा पनि अल्पमतमा छन्। दाहालले पार्टी एकताका क्रममा भएको सहमति अनुसार आलोपालो प्रणाली लागू हुनै पर्ने अडान राख्दै आएका छन्।

अर्कातिर वरिष्ठ नेता नेपालले अध्यक्ष र प्रधानमन्त्रीमध्ये एक पदबाट राजीनामा दिनुपर्ने अडान लिएका छन्। तर ओलीले आफूले अहिलेको अवस्थामा दुवै पदबाट राजीनामा नदिने बताउँदे सक्ने जति गर्न चुनौती दिइरहेका छन्।

प्रतिक्रिया दिनुहोस्