ओखलढुंगामा कोरोना संक्रमितको संख्या ६ पुग्यो



ओखलढुंगा, ३० असार ।ओखलढुंगामा कोरोना संक्रमितको संख्या ६ पुगेको छ। ओखलढुंगामा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।ओखलढुंगा क्याम्पस भवनको क्वारेन्टाइनमा रहेका सुनकोशी गाउँपालिका ५ का २४ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएसंगै जिल्लामा संक्रमितको संख्या ६ पुगेको हो।

केहि समय अघिमात्रै साउदी अरबबाट नेपाल फर्किएका ती पुरुषमा मंगलबार पीसीआर परीक्षणका क्रममा कोरोना संक्रमण पुष्टि भएको प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले जानकारी दिए।

गत आइतबार जिल्लाका विभिन्न क्वारेन्टाइनमा रहेका २१ जना ब्यक्तिको थ्रोट स्वाब संकलन गरेर परीक्षणमा पठाइएकामध्ये एक जनामा मात्रै कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य प्रमुख सुमन तिवारीले बताए ।

प्रतिक्रिया दिनुहोस्