प्रधानमन्त्री ओलिको चिन्तन प्रणाली स्वस्थ नरहेको डा. भट्टराईको गम्भीर आरोप



काठमाडौं, ३० असार । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली खतरनाक बनेको टिप्पणी बनेको टिप्पणी गर्दै छन् ओलीको चिन्तनप्रणाली स्वस्थ नदेखिएको गम्भीर आरोप समेत लगाएका छन।

भानु जयन्तीको अवसरमा सोमबार भारतले नक्कली अयोध्या खडा गरेको अभिव्यक्ति दिएपछि आफ्नै पार्टी भित्रका विपक्षीहरुको बिरोध को सामना गरिरहेका बेला पछि मंगलबार एक ट्वटिमार्फत् जनता समाजवादी पार्टीका वरिष्ठ नेता भट्टराईले संसद स्थगित गरेर अध्यादेश र संकटकालको खड्ग समेत ओलीको हातमा रहेको लेखेका छन् । उनले लेखेका छन्, ‘अब वहाँलाई छाडा छाड्नु खतरनाक हुनेछ १ उपचार खोजौं १’

नेकपाभित्र विवाद बढ्दै जाँदा संसद स्थगन भएको र ओलीले अध्यादेश ल्याएर पार्टी विभाजन गर्ने देखि संकटकाल लगाउने सम्मको चर्चा चलिरहँदा भट्टराईको पछिल्लो टिप्पणी आएको हो।

प्रतिक्रिया दिनुहोस्