सांसद राइको सक्रियता : सोलुखुम्बुका १२ सय ९८ घरधुरीमा जस्तापाता लगाउन बजेट
काठमाडौं,२९ असार । सुरक्षित नागरिक आबास निर्माण कार्यक्रमु अन्तरगत सोलुखुम्बु जिल्लाका १ हजार २ सय ८९ घरधुरीको खरको छानो बिस्थापन गरिने भएको छ।

सोलुखुम्बुबाट निर्बाचित प्रतिनिधिसभा सदस्य हेम कुमार राई ‘सुरबीर’ को पहलमा जिल्लाभित्र रहेका अति बिपन्न परिबारको खरको छानो बिस्थापित गरी जस्तापाता लगाउन संघीय सरकारबाट बजेट बिनियोजन भएको हो ।शहरी विकास मन्त्रालयले सोमबार गरेको निर्णय अनुसार चालु आर्थिक बर्षका लागि बिनियोजित रकमबाट जिल्लाका आठ वटै स्थानीय तहबाट छनौट गरिएका १ हजार २ सय ८९ घरधुरीलाई खरको छाना विस्थापन गरि जस्तापात लगाउनका लागि प्रति परिबार ५० हजार रकम प्रदान गरिने छ।
यसै कार्यक्रम अन्तरगत जिल्लाको नेचासल्यान गाँउपालिका भित्रका २५ घरधुरीलाई खरको छाना विस्थापन गरि जस्तापाता लगाउने योजना अनुरुप घर छनोट गरी कार्यान्वयन को चरणमा रहेको बताइएको छ।

