नेपाल मोबाइल व्यवसायी महासंघ गठन
काठमाडौं २८ असार । देशभरका मोबाइल व्यवसायी संघ संस्थाहरुको भेलाले नेपाल मोबाइल व्यवसायी महासंघको तदर्थ समिति गठन गरेको छ । भरत भट्टराईको अध्यक्षतामा गठित १७ सदस्यीय तदर्थ समितिमा वरिष्ठ उपाध्यक्ष सोवित प्रसाई (सुरेश प्रसाई), उपाध्यक्ष अर्जुन चालिसे, महासचिव रमेश घिमिरे, सचिव डिल्लीबहादुर तामाङ, कोषाध्यक्ष सन्तोष घिमिरे, सह–कोषाध्यक्ष श्याम नगरकोटी र वरिष्ठ सदस्य दीपक बोगटी रहेका छन । महासंघको तदर्थ समितिमा नौं जना सदस्य मनोनित गरिने बताइएको छ ।
देशका विभिन्न क्षेत्रमा रहेर मोबाइल व्यवसाय गर्दै आएका पाँच हजार भन्दा बढी मोबाइल व्यवसायी आबद्ध एक सय भन्दा बढी संघ संस्थाहरुलाई एकतावद्ध गर्दै एउटा छाता संगठन निर्माण गर्ने उद्देश्यले महासंघ गठन गरिएको तदर्थ समितिका अध्यक्ष भट्टराईले जानकारी दिए । नवगठित तदर्थ समितिलाई छिटै पूर्णता दिने र कोरोना महामारीको समस्या सामान्य हुने वित्तिकै महाधिवेशन गर्ने योजना रहेको भट्टराईले बताए ।


