मयुर यातायातले सुरु गर्‍यो यात्रु सेवा



काठमाडौं,२९ असार । नेपाल राष्ट्रिय यातायात ब्यबसायी संघले सरकारसंग विभिन्न माग अगाडी सार्दै यातायात सन्चालन गर्न अस्वीकार गरिरहेका बेला मयूर यातायातले काठमाडौंमा यात्रु सेवा सुरु गरेको छ ।

यातायात समितिहरुलाई कम्पनीमा बदल्ने निर्णय भएका बेलामा पनि सिन्डिकेट तोड्दै गाडी सन्चालन गरेको मयुर यातायातले सरकारले तोकेको मापदण्ड पूरा गरि यातायात सन्चालनमा ल्याएको कम्पनीका अध्यक्ष मोहन श्रेष्ठले जानकारी दिए।

मयूरले सोमबारबाट ६ वटा बसमार्फत सेवा थालेको होकम्पनीले काठमाडौं(धुलिखेल(पनौती रुटमा दुई वटा बस चलाएको छ भने रिंगरोडमा ४ वटा बस चलाउन थालेको छ ।

‘गाडीको ब्याट्री राख्ने र मर्मतको काम भइरहेको छ,’ श्रेष्ले भने,’पर्सीसम्म हामी २०र२२ वटै बस निकालिसक्छौं ।’ कम्पनीसँग ४४ वटा बस छन् । तर, यात्रुको चाप कम भएकाले एकैपटक सबै सवारी निकाल्न नसकिने अध्यक्ष श्रेष्ठले बताए।

प्रतिक्रिया दिनुहोस्