धादिङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का



काठमाडौ १७ जेठ । शनिबार राति धादिङलाई केन्द्रबिन्दु बनाएर भूकम्पको धक्का महसुस भएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार शनिबार राति ९ बजेर ३६ मिनेटमा धादिङको सुनौला बजार केन्द्रबिन्दु बनाएर ४.८ म्याग्निच्यूडको भूकम्पको धक्का महसुस भएको हो।

नेपालमा ४ म्याग्निच्यूडसम्मका भूकम्पको धक्का निरन्तर महसुस हुने गरेको छ। गोरखा भूकम्पपछि नेपालमा सानातिना परकम्प अझै पनि रोकिएका छैनन्। शनिबारको भूकम्पको धक्का काठमाडौं उपत्यकामा पनि महसुस भएको छ।

प्रतिक्रिया दिनुहोस्