अध्यक्ष राईद्वारा नेले-चारघरे-मुक्ली थुलुङ दुधकोशी सडक कालोपत्रे शिलान्यास
काठमाडौं।नेले-चारघरे-मुक्ली थुलुङ दुधकोशी सडक कालोपत्रे शिलान्यास गरिएको छ। थुलुङ दुधकोशी गाउँपालिका वडा नं १ को नेलेबाट गाउँपालिकाको केन्द्र मुक्ली जोड्ने सडक कालोपत्रेको गाउँपालिका अध्यक्ष असिम राईले आईतवार शिलान्यास गर्नुभएको हो।