श्री सिंहदेवी सेवा समाज गुठीको साधारणसभा सम्पन्न, फुयालको अध्यक्षतामा नयाँ समिति चयन
खगिन्द्रराज बास्तोला,सोलुखुम्बु।नेचासल्यान गाउँपालिका-३ स्थित श्री सिंहदेवी सेवा समाज गुठीको पाँचौ अधिबेशन तथा ११ औं साधारण सभा सम्पन्न भएको छ ।

नेचासल्यान गाउँपालिकाका अध्यक्ष धनजन राईको प्रमुख आतिथ्यमा शनिबार सम्पन्न साधारणसभाले निरकुमार शर्मा फुयालको अध्यक्षतामा ११ सदस्यीय नयाँ समिति गठन गरिएको छ।
समितिका उपाध्यक्षत्रयमा इन्द्रकुमारी कटेल बास्तोला,सुरेन्द्र आचार्य र नगेन्द्र प्रसाद कटेल,सचिबमा होमप्रसाद कटेल,कोषाध्यक्षमा बालकृष्ण कटेल छन्।यसैगरी समितिमा रामप्रसाद कटेल,जोमप्रसाद आचार्य,टेकप्रसाद कटेल,मोहन कुमार बास्तोला,होमनाथ कटेल सदस्य रहेका छन्।
समाजका अध्यक्ष उमाकान्त कटेलको अध्यक्षतामा सम्पन्न साधारणसभामा धार्मिक हाजिरी जवाफ प्रतियोगिता,संगिनि नृत्य,गजल,कविता लगायत बिबिध कार्यक्रम आयोजना गर्नुका साथै गुठीको बिबिध क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने ६ जना ब्यक्तित्वलाई दोसल्लासहित सम्मानपत्रले सम्मानित गरिएको थियो।
साधारण सभामा गाउँपालिका उपाध्यक्ष बिना राइ,वडा नं-३ का वडाध्यक्ष सीताराम भट्टराई,मानार्थ सदस्य ठगेन्द्र कुमार जमरकटेल लगायतले शुभकामना मन्तब्य व्यक्त गरेका थिए ।उपाध्यक्ष राईले गुठीले धार्मिक सहिष्णुता र आपसी सद्भाव कायम गर्न सफल भएको धारणा व्यक्त गर्दै यसको सम्बर्द्धन र प्रबर्द्धनका लागि सक्दो आफुले सहयोग गर्ने बताईन।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि राईले सिंहदेवी सेवा समाज गुठीले जातीय सद्भावका लागि धार्मिक चेतना फैलाउन सफल भएकोले यसको बिकासका लागि पालिकाले सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए।

