नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारी तथा कार्यकारी सदस्यले लिए सपथ
काठमाडौं,२४ बैशाख । नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित अध्यक्ष अन्जन श्रेष्ठ लगायत कार्यकारिणी समितिका सदस्यहरूलाई प्रमाणपत्र प्रदान गरिएको छ ।

बिहीबार महासंघको सचिवालय काठमाडौंमा आयोजित कार्यक्रममाबीच महासंघको ६० औँ साधारणसभा निर्वाचन समितिले अध्यक्ष लगायत पदाधिकारी तथा कार्यकारिणी समितिका सदस्यहरूलाई प्रमाणपत्र प्रदान गरिएको हो ।
प्रमाणपत्र प्रदानपछि महासंघका निवर्तमान अध्यक्ष चन्द्र प्रसाद ढकालले नव निर्वाचित अध्यक्ष श्रेष्ठलाई पद तथा गोपनीयताको शपथ गराएका थिए भने अध्यक्ष श्रेष्ठले अन्य पदाधिकारी एवं कार्यकारिणी समितिका सदस्यहरूलाई शपथ गराए ।
यसैबीच महासंघका अध्यक्ष श्रेष्ठले बिहीबार नै पदबहाली गरेका थिए । पदबहालीपछि सञ्चारकर्मीसंग कुरा गर्दै उनले व्यावसायिक वातावरण बनाउन र निजी व्यवसायीको मनोबन बढाउने काम गर्न नयाँ सरकारसँग संवाद सुरु भइसकेको बताए। जनतासँग क्रयशक्ति कम रहेकाले बढाउन पुँजी परिचालन गर्नुपर्ने उनले जोड दिए ।
अध्यक्ष श्रेष्ठले बैंकमा पर्याप्त तरलता रहेपनि साना तथा मझौला व्यवसायीलाई लगानीका लागि पुँजीको अभाव रहेकाले यस्तो अवस्थालाई समाधान गर्न सरकारले पहल गर्नुपर्ने धारणा राखे ।

