एसईई नतिजा : थुलुङ दुधकोशीमा ९७.३१ प्रतिशत विद्यार्थी उत्तीर्ण, ४ जनाले पाउने भए नगद २५ हजार पुरस्कार



सोलुखुम्बु।माध्यमिक शिक्षा परीक्षा (एसईई) मा थुलुङ दुधकोशी गाउँपालिकाबाट सहभागी ९७.३१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । पालिकाको १० वटा माध्यमिक विद्यालयबाट सहभागी २९८ जना विद्यार्थी मध्ये २९० जना उत्तीर्ण भएको गाउँपालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिनुभयो।

सहभागी विद्यार्थी मध्य दुई जनाले ३.७ जीपीए प्राप्त गरि पालिका प्रथम भएका छन् । जनता माध्यमिक विद्यालय लोखिमका गौतम राई र जीवन ज्योति माध्यमिक विद्यालय नेलेका उत्सब खड्काले  ३.७ जीपीए प्राप्त गरि पालिका प्रथम भएका हुन् । उनीहरुले गाउँपालिकाबाट जनही नगद २५ हजार पुरस्कार प्राप्त गर्नेछन् । २०८० फागुन १४ गतेको कार्यपालिका बैठकको निर्णयानुसार  ३.६ भन्दा माथि ४ जीपीए भन्दा कम प्राप्ता गर्ने विद्यार्थीलाई जनही २५/२५ हजार र ४ जीपीए भन्दा माथि प्राप्त गर्नेलाई एक लाख नगद पुरस्कार दिने निर्णय गरेको छ ।

सोही निर्णयानुसार पालिका भित्रका ४ जना विद्यार्थीले २५/२५ हजार नगद प्राप्त गर्नेछन् । उक्त पुरस्कार प्राप्त गर्नेहरुमा जनता माध्यमिक विद्यालय लोखिमका गौतम राई र गान्धिदेवी राई रहेका छन् । उनीहरुले क्रमशः ३.७ र ३.६५ जीपीए प्राप्ता गरेका छन् भने जीवन ज्योति माध्यमिक विद्यालय नेलेका उत्सब बस्नेतले र विशाल बस्नेतले क्रमशः ३.७ र ३.६ जीपीए प्राप्त गरेका छन् । सहभागी विद्यार्थी मध्ये ८ जनाको एनजी आएको छ भने अन्य सबै उत्तीर्ण भएको उहाँले बताउँनुभयो ।

स्थानीय सरकारको अथक प्रयासको प्रतिफल प्राप्त

शैक्षिक गुणस्तरका लागि पालिकाले शैक्षिक सम्मेलन देखि स्वेतपत्र जारी गरी पुरस्कारको समेत व्यबस्था गरेको छ । यसैको परिणाम स्वरुप पालिकाभरीको नतिजालाई हेर्दा गत वर्षको तुलनामा धेरै सुधार आएको गाउँपालिका अध्यक्ष असिम राईले बताउँनुभयो ।

२०७४ सालमा आफु निर्वाचित हुँदा देखिनै शिक्षा क्षेत्रमा देखिएको बेतिथिको अन्त्य गर्ने गरि काम गरेको स्मरण गर्दै पालिका अध्यक्ष राईले अब त्यसको प्रतिफल देखिन थालेको बताउँनुभयो । पछिल्लो समय निजि विद्यालय तर्फ आम नागरिकको आकर्षण बढेको बेला यस वर्षको नतिजाले सामुदायिक विद्यालयको गरिमा बाढाउनुका साथै स्थानीय सरकारको लगानीले सार्थकता पाएको उहाँको भनाई छ ।भौतिक पुर्वधार निर्माण देखि विषयगत शिक्षक सम्मको ब्यबस्था गाउँपालिकाले गरेको छ ।

यस वर्ष जिल्लाबाट १ हजार ६ सय ७१ जना माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी भएका थिए ।
#see result

प्रतिक्रिया दिनुहोस्