बाहिरी जिल्लामा घट्दै उपत्यकामा बढ्दै कोरोना संक्रमण –
काठमाडौ,२६ असार ।बाहिरी जिल्लाहरुमा संक्रमितहरुको संख्या तुलनात्मक रुपमा घट्दै जांदा पछिल्लो समय उपत्यकामा भने कोरोना संक्रमितहरुको संख्या बढ्दै जान थालेको देखिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टाभित्र काठमाडौं उपत्यकामा थप ४२ सहित गरि मुलुकभर १२८ जनामा कोरोना संक्रमण देखिएको छ ।यो संगै संक्रमितहरुको कुल संख्या १६ हजार ६ सय २९ पुगेको मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले यो पुष्टि गरेका छन् ।
संक्रमित हुनेमा काठमाडौंका २८ जना, ललितपुरका १३ जना र भक्तपुरका १ जना रहेको मन्त्रालयले जनाएको छ । विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ४२ जनामा कोरोना संक्रमण देखिएको प्रवक्ता डा। गौतमले जानकारी दिए ।
स्वास्थ्य मन्त्रालयका अनुसार देशभरका २५ पिसिआर प्रयोगशालामा चार हजार आठ सय ६ जनाको नमुना परीक्षण गरिएको छ ।
पछिल्लो २४ घण्टामा १२० जना कोरोना जितेर डिस्चार्ज भएका छन् । कुल डिस्चार्ज हुनेको संख्या भने आठ हजार ११ पुगेको छ ।
अहिले क्वारेन्टाइनमा २३ हजार नौ सय १० जना रहेका छन् भने आठ हजार ६ सय तीन जनाको आइसोलेसनमा उपचार भइराखेको छ ।