कोरोना जाँचको शुल्क लिए कारबाही गर्ने सरकारको चेतावनी



 

काठमाडौ २४ असार । सरकारले कोरोना भाइरस परीक्षणको कुनै शुल्क नलिन प्रयोगशालाहरुलाई निर्देशन दिएको छ । दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना जाँच गरेको शुल्क बुझाउन पालिकाहरुलाई ताकेता गरेपछि मन्त्रालयले यस्तो शुल्क लिनु गैरकानुनी रहेको जनाएको हो ।

सरकारको निर्देशिकाअनुसार कोरोना परीक्षणको सबै खर्च सरकारले नै बेहोर्ने भएकाले कुनै पनि निकायले शुल्क लिन नपाउने मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताउनुभयो ।

उहाँले कोरोना परीक्षणको शुल्क लिएको पाइएमा कारबाही हुने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्