सलहबारे केहि तथ्य र नियन्त्रणका घरेलु उपाय



-कमलादेबी शर्मा कटेल

अधिकांश नेपाली भूभागमा सलह प्रवेश गरेपछि केही दिन यता यो बिषयले सबैको ध्यानाकर्षण गरेको छ। जताततै हुलका हुल सलह देखा परेपछि किसानमात्र होइन, तिनै तहका सरकार अहिले चिन्तित छन् । सबैको एउटै साझा चिन्ता छ, सलहले अन्नबाली सखाप पारेपछि आगामी बर्ष भोकमरीले सताउने त होइन?

यता मनसुनमा पूर्वबाट पश्चितमतिर हावा चल्ने भएकाले नेपाल नआउने प्रक्षेपण गरिएको थियो, तर गत बिहीबार र शुक्रबार उत्तरबाट दक्षिण र पश्चिमबाट पूर्वतिर हावा चल्यो । त्यसले भारतबाट सानो–सानो समूहमा छुट्टिएर सलह नेपाल आएको आंकलन गरिएको छ ।

सलह सम्बन्धि केहि तथ्यहरुः

१) सलहको एक झुण्डमा करिब ८ करोड सम्म संख्या हुन्छ।
२) १ टन सलहले एक दिनमा १० वटा हात्ती वा २५ वटा ऊँट वा ३५०० मानिसले खान सक्ने खाना सेवन गर्न सक्छ।
३) प्रत्येक कीराले प्रत्येक दिन आफ्नो तौल बाराबर वनस्पति सेवन गर्छ। यसकारण यसको बिकास छिटो हुन्छ र धेरै क्षति पुर्याउछ।सलहको झुण्डले एक दिनमा करिब १,९१,८७० टन वनस्पति सेवन गर्ने क्षमता हुन्छ।
४) खानाको अभाव भएको खण्डमा यो जीवले नरभक्षी (Cannibalism) रुप देखाउन थाल्छ।
५) एक दिनमा यो करिब १५० किलोमिटरको दुरी पार गर्न सक्छ। अर्थात नेपाल जत्रो देशलाई पार गर्न केबल ३-४ दिनको समय लाग्छ।
६) यो जीव जलरोधक (Waterproof) हुनुका साथै धेरै जसो तरल बिषलाई समेत हटाउँछ (repel) ।-(मैनको उपस्थिति भएको कारण)
तसर्थ यो कीरा सम्पर्क क्रियाबाट (Contact Poison) मार्नको लागि विषादीलाई तेलमा विघटन (dissolve) गर्नुपर्छ जसकारण यो कीराको मैन तह भित्र पस्न सक्छ र असर देखाउँछ।
७) यो कीराको अचलअवस्था (Pupal stage) हुदैन। तसर्थ यो पूर्ण रुपान्तरण (metamorphosis) अन्तर्गत पर्दैन।
८) यो कीराको मजबुत जबडा (Jaw) हुन्छ। जसकारण झुण्ड सलहले खाँदै गरेको आवाज निकै दुरीबाट सुन्न सकिन्छ।
९) यो जीबको आँठ हप्ताको आयु रहेको हुन्छ।
१०) सलहको सेवन गर्नाले मुटुको क्यान्सर जस्तो खतरनाक रोगबाट बच्न सकिन्छ।
सलहमा धेरै मात्रामा phytosterol नामक रसायन पाइन्छ जुन मुटु रोग निवारणमा निकै उपयोगी पाइन्छ।
११) मानवद्वारा चित्रित पहिलो कीरा सलह हो। यो चित्र bison (wisent) हड्डीमा, फ्रान्सको एक गुफामा १०,००० वर्ष अघि भेटिएको थियो।

Locust (सलह) ले के खान्छ?

सलहले वनस्पतीय सामग्री खान्छ। यो एक समस्या हो किनभने झुण्ड (एक बर्गकिलोमिटर मा ८० लाख )सलहले वनस्पति लाग्ने क्षेत्र नोक्सान गर्नुका साथै बालीलाई पनि हानि पुर्‍याँउछ। यसले आफ्नो तौल बराबरको(२ग्राम) हरीयो बस्तु एकै दिनमा खान सक्छ ।
युवा अवस्थामा (होप्पर) यो उड्न नसकेता पनि बिरुवामा अघि बढिरहन्छ र आफ्नो बाटोमा आइपर्ने सम्पूर्ण वनस्पतिलाई खान्छ। दिउँसो यो १५० किलोमिटर हिड्नसक्छ र रातमा बोटबिरुवा, झाडीमा आराम गर्छ।

Locust (सलह) ले यति क्षति कसरी गर्न सक्छ त?

१)प्रत्येक कीराले प्रत्येक दिन आफ्नो तौल बाराबर वनस्पति सेवन गर्छ। यसकारण यसको बिकास छिटो हुन्छ र धेरै क्षति पुर्‍याउँछ।
२) यो कीरा झुण्डमा भएको हुँदा क्षतिको प्रतिशत पनि बढि नै हुन्छ।
( १ टन सलहले एक दिनमा १० वटा हात्ती वा २५ वटा ऊँट वा २५०० मानिसले खान सक्ने खाना सेवन गर्न सक्छ।)

क्षतिः

१) बिरुवाको सबै बोटका पात, फल, फुल, बोक्रा र टुप्पो नष्ट गरी क्षति पुर्याउछ।
२) सलहको मलमूत्रका कारण बोटबिरुबामा संश्लेषणको कमी हुनुका साथै अन्य समस्या निम्त्याउँछ।

कसरी गर्न सकिन्छ यसको नियन्त्रण ?

१) सकभर खुर्सानी हालेर आँगो बाल्ने, धुँवा गराउने र यसको अण्डालाई खाडल बनाएर पुर्ने
२) हवाइजहाजको सहायताले बालीमा कीट्नाशकको प्रयोग गर्ने(सकेसम्म यसको प्रयोग नगरौं)
३) ठूलो आवाज निकाल्ने यन्त्रहरु प्रयोग गरी भगाउने
४) Ultra Low Volume (ULV) यन्त्रको सहायताले बिषादी स्प्रे गर्ने जसकारण बिषादीको बचत हुनुका साथै धेरै क्षेत्रमा स्प्रे गर्न सकिन्छ।(सकेसम्म प्रयोग नगरौ)
५) RAAT (Reduced Agent and Area Treatment) : उपचार गरिएका swath (लामो र चौडा क्षेत्र) लाई उपचार नगरिएका swath सँग आलो पालो गर्ने (alternated)।उपचारका लागि प्रयोग हुने विषादीहरुः Bendiocarb, Chlorpyrifos, Malathion, Fipronil, Triflumuron, Diflubenzuron आदि।
६) जैबिक बिषादीको प्रयोग गर्ने, जस्तैः
-नोसेम (प्रोटोजोआन सुक्ष्मजीव नियन्त्रण एजेन्ट)
-Metarhizium (फंगल सुक्ष्मजीव नियन्त्रण एजेन्ट)
७) GIS ( Geographic Information System), GPS (Global Positioning System), RS (Remote Sensing), IT (Information Technology) को माध्यमबाट यस सम्बन्धि जानकारी संकलन गर्ने र सम्भावित प्रभाव क्षेत्र पहिचान गर्ने ।
९)LED light ले निकाल्ने निलो हरियो पहेलो रातो कलर उपयुक्त अनुपात र प्याटर्नमा मिसिएको प्रकाशले लोकस्टलाई १००% ट्राप गर्न सकिन्छ(कृषि मन्त्रालयले यसमा चासो देखाउनु जरुरी छ)
१०)१५-२० khz को ९० डेसिवल को ध्वनिले (१० khz ले भाग्ने र १५-२० ले move हुनै नसक्ने) सलहको tympanic membrane damage गर्ने हुँदा नियन्त्रणमा प्रभावकारी हुन्छ।

यस्ता छन नियन्त्रणका घरेलु उपाय:

१) क्षतिग्रस्त क्षेत्रमा बोरिक एसिड प्रयोग गर्ने जसकारण सलहको संख्या घटाउन सकिन्छ।
२) प्राकृतिक सिकारी जस्तैः चरा, माकुरा, छेपारोले सलह नियन्त्रणमा मदत पुर्‍याउँछ।
३) लामो घाँसे जालको प्रयोग गर्ने।
४) लसुन स्प्रेको गन्धले सलहबाट बच्न मदत गर्छ।यसको लागि २ लौंग (cloves) लसुन ‌+ ८ कप पानीलाई पिस्ने र उमाल्नुपर्छ।
५) बिरुवाको पातमा पिठो छर्कनु पर्छ।
६)निमकाे झाेल (करीब ५%) अाफ्नाे बालीमा छर्नुभयाे भने सलह त्यसबालीमा बस्दैन भन्ने छ। याे विधि भारत तथा पाकिस्तानमा लागिसक्यो।
७)निमकाे झाेल (करीब ५%) अाफ्नाे बालीमा छर्नुभयाे भने सलह त्यसबालीमा बस्दैन भन्ने छ। याे विधि भारत तथा पाकिस्तानमा सिफारिस गरिएकाे पाइन्छ।

८)थोरै जिरा, धसिङ्गरे र सुन्तलाको बोक्राको तेल मिसाएको आलसको तेल सलहको हुलमा छर्किन सकिन्छ।

प्रतिक्रिया दिनुहोस्