सूर्य ग्रहण लाग्दै, ग्रहण लागेको बेलामा के गर्नु हुन्छ, के गर्नु हुदैन ?
काठमाडौ ७ असार । असार ७ गते (आज ) आइतबार अहिलेसम्मकै सबैभन्दा लामो सूर्य ग्रहण लाग्दैछ । बिहान १० बजेर ५० मिनेटमा स्पर्श हुने यो खण्डग्रास सुर्यग्रहण मध्यान्न १२ बजेर ३८ मिनेटमा मध्य र अपरान्ह २ बजेर २३ मिनेटमा मोक्ष हुनेछ । यो ग्रहणको अवधि ३ घण्टा ३३ मिनेटको हुनेछ ।
यो ग्रहण हेर्दा हरेक राशीअनुसार फरक फरक फल प्राप्त हुनेछ ।
मेष राशी – श्रीप्राप्ती, वृष राशी – क्षती, मिथुन राशी – घात, कर्कट राशी – ब्यय, सिंह राशी – लाभ, कन्या राशी – सुखम्, तुला राशी – माननाशः
वृश्चिक राशी – कष्टम्, धनु राशी – स्त्रीपिडा, मकर राशी – सौख्यम् ,कुम्भ राशी – चिन्ता , मीन राशी – ब्यथा,
खण्डग्रास सुर्यग्रहण २ नक्षत्रलाई समेटेर लाग्दैछ । मिथुन राशिमा लाग्ने कारणले यसलाई विशेष रुपमा हेरिएको छ । बीचको ३ घण्टा ३१ मिनेटमा हामीले बिशेष सावधानी पुर्याउनु आवश्यक हुन्छ । हिन्दु धर्मको परम्परा अनुसार ग्रहणकालमा निम्न १६ कामगर्न बर्जित गरीएको छ ।
ग्रहणलाई धार्मिक र वैज्ञानिक रूपबाट अशुभ मानिन्छ । विज्ञानले सूर्य ग्रहणलाई नांगो आखाँले हेर्न बर्जित गरीएको छ भने धार्मिक दृष्टिमा पनि ग्रहणकालमा केहि कामहरु गर्न बर्जित गरीएको छ । ग्रहणका बेला गर्न नहुने कार्य र गर्नुपर्ने कार्यका बारेमा केहि जानकारी दिदैंछौ :
ग्रहणको सुतक समय पुस ९ गते साझँ ५ बजेर ४८ मिनेटबाट शुरू भई पुस १० गते बिहान ११ बजेर ३१ मिनेटमा सूर्य ग्रहण समाप्त भएपछि मात्र सकिनेछ ।
सूतक बार्नु पर्ने कारण
ग्रहण लागेको बेला सूतकको बिषेश महत्व हुन्छ । हिन्दु धर्म अनुसार ग्रहणको सूतक काल शुरु भएपछि कुनै पनि कार्य गर्नुहुदैन । यस अवधिमा कुनै पनि शुभकार्य गर्न बर्जित गरिएको छ । सूतक काललाई अशुभ समय मानिन्छ ।
ग्रहण लागेको बेला गर्न नहुने कार्य
१। ग्रहण लागेको बेला कुनै पनि शुभ कार्य वा कुनै पनि कार्यको थालनी गर्नु हुदैन ।
२। ग्रहण लागको बेला सुत्केरी, अशक्त तथा बालबालिका बाहेकले भोजन गर्नु हुदैन ।
३। ग्रहण लागेको समयमा चुल्हो बाल्न, जुठो राख्न तथा लिपपोत गर्न बर्जित रहेको छ ।
४। ग्रहण अवधिभरी कुनै पनि देवि देवताको मुर्ति, तुलसि, शालिग्रामलाई छुनु हुदैन ।
५। ग्रहणको अवधिभरी बिरामि र अशक्त बाहेकले सुत्नुहुदैन ।
६। ग्रहण लागेको बेला कोहिसंग झगडा गर्नु हुदैन ।
७। ग्रहण अवधिभर कसैसंग झुटो बोल्ने वा कुनै वाचा गर्नुहुदैन ।
८। ग्रहण अवधिभरी गर्भवती महिला घरबाट बाहिर निस्कनु हुदैन ।
९। ग्रहणलाई सुरक्षा बिना प्रत्यक्ष्ँ आ“खाले हेर्नु हुदैन । ग्रहण हेर्न मिल्ने चस्मा लगाउनु उत्तम हुन्छ ।
१०। ग्रहण अवधिमा चक्कु, छुरी वा धारीलो हतियारको प्रयोग गर्नु हुदैन ।
११। ग्रहण अवधिमा पूजा गर्नु हुदैन ।
१२। ग्रहण अवधिमा नुहाउनु समेत हुदैन । यसलाई अशुभ मानिन्छ ।
ग्रहण लागेको बेला के गर्ने ?
१। ग्रहण लागेको बेला भगवानको ध्यान तथा भजन गर्नुपर्दछ ।
२। ग्रहण अवधिभर शान्त रहने तथा भगवानका मन्त्र उच्चारण गरिरहनु पर्दछ ।
३। ग्रहण समाप्त भएपछि घरका हरेक कोठामा गंगाजल छरेर मात्र प्रवेश गर्नुपर्दछ ।
४। ग्रहणको अवधिमा आदित्य हृदय स्तोत्रको पाठ गर्नु लाभदायक मानिन्छ ।
५। ग्रहणको गलत प्रभावबाट बच्न महा मृत्युंजय मन्त्रको जाप गर्नुपर्दछ ।