रुकुम चौरजहारीको घटनामा जोडिएका थप ७ जना पक्राउ
रुकुम २२ जेठ । रुकुम पश्चिममा घटेको घटनामा जोडिएका थप सात जना विहिबार पक्राउ परेका छन । रुकुम पश्चिमको चौरजहारी नगरपालिकास्थित सोती गाउँमा गत जेठ १० गते ६ जनाको ज्यान जाने गरि भएको घटनामा जोडिएका थप ७ जना स्थानीय पक्राउ परेका हुन।
घटनाको थप अनुसन्धानका लागि उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख ठगबहादुर केसीले जानकारी दिए । तर मृतकको परिवारबाट किटानी जाहेरी परेका २ जना अझै फरार छन्।
मृतक परिवारले २० जनाविरुद्ध किटानी जाहेरी दिएका थिए। जसमा १८ जना यसअघि नै पक्राउ परिसकेका छन् । उनीहरुलाई आजै थप १० दिनको म्याद थप गरिएको छ ।
अनुसन्धानका लागि ११ दिनको म्याद थप माग गरिएको थियो। तर जिल्ला अदालत रुकुम पश्चिमबाट १० दिनको म्याद थप गरिएको श्रेस्तेदार कृतबहादुर बोहोराले जानकारी दिए ।