मुलुकभर डेंगुको संक्रमण बढ्दै



काठमाडौं,१९ जेठ। नेपालभर यो वर्ष ८२ जनामा डेंगु देखा परेको छ। जसमध्ये रुपन्देहीमा ३५ र म्याग्दीमा १२ जनामा डेंगुको संक्रमण देखिएको हो।

त्यस्तै, कास्कीमा १०, काठमाडौंमा १० र ललितपुरमा ४ जनामा पनि डेंगु देखिएको छ। पुसदेखि अहिलेसम्म देशका विभिन्न जिल्लामा ८२ जनामा डेंगु रोगको संक्रमण देखिएको हो।

गत वर्ष ६८ जिल्लामा करिब १६ हजार जनामा यसको संक्रमण देखिएको थियो। जसमध्ये ६ जनाको मृत्यु भएको थियो। मुख्यगरी वैशाखदेखि मंसिरसम्म यस रोगको संक्रमण देखिने गर्छ।

लामखुट्टेको टोकाइबाट सर्ने यो रोग यस वर्ष २६ जिल्लामा देखिइसकेको छ।

प्रतिक्रिया दिनुहोस्