मध्यरातमा भारतको दिल्लीमा भूकम्पको झडका
एजेन्सी १७ जेठ । भारतको राजधानी नयाँदिल्ली आसपासको क्षेत्रमा शुक्रबार राति भूकम्पको धक्का महसुस भएको छ। दिल्लीका अलावा अन्य कयौँ राज्यमा पनि यो भूकम्पको झट्का महसुस गरिएको छ। यो भकम्प ४।६ म्याग्निच्यूडको रहेको खुलेको छ।

दिल्ली(एनसीआरसमेत हरियाणा र उत्तर प्रदेशका कयौँ क्षेत्रमा भूकम्पको झट्का महसुस गरिएको छ। हरियाणाको रोहतकमा भूकम्पको केन्द्रबिन्दु रहेको खुलेको छ। स्थानीय समयानुसार राति ९ बजेर ८ मिनेटमा यस भूकम्पको धक्का करिब १० देखि १५ सेकेण्डसम्म महसुस गरिएको थियो।
यो भूकम्प पृथ्वीको सतहबाट पाँच किलोमिटर भित्र गएको हो। पछिल्ला केही समययता दिल्लीमा भूकम्प गइरहेको छ। यसअघि १५ मेमा दिल्लीमा भूकम्पको झट्का महसुस गरिएको थियो। २।२ म्याग्निच्यूडको भूकम्प त्यसबेला गएको थियो।