कोरोना संक्रमणबाट नेपालमा थप एक जनाको मृत्यु, स्वास्थ्य मन्त्रालयद्धारा पुष्टि
काठमाडौं १६ जेठ । कोरोना भाइरसका कारण नेपालमा थप एक जनाको मृत्यु भएको छ । यो संगै मृतकको संख्या ६ पुगेको छ । अर्घाखाँचीका ३५ वर्षीय पुरुषको कपिलवस्तुस्थित सीमाक्षेत्रमा मृत्यु भएसँगै यो संख्या ६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
भारतको गुजरातबाट नेपाल आउँदै गर्दा कपिलवस्तुको कृष्णनगर सीमा नजिकै मृत्यु भएका ती पुरुषमा कोरोना भएको पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले शुक्रबार दिएका छन्। अर्घाखाँचीको भूमिकास्थान नगरपालिका वडा नम्बर ९ का ३५ वर्षीय उनको बाटोमा नै ज्यान गएको थियो । बसमा आएका गैरेले अत्यधिक बन्ता गरेका कारण बोल्न नसक्ने अवस्थामा थिए।
भारतबाट दुईवटा बस रिर्जभ गरेर आइतवार उनीसहित ९१ जना नेपाल प्रवेश गरेका थिए। मृतक गैरेसहित उनीसँग सम्पर्कमा रहेका २ जनाको स्वाब परीक्षणका लागि भैरहवा पठाइएको छ।