बिरामीका बहानामा यात्रु ओसार्ने एम्बुलेन्स चालकको लाईसेन्स जफत गरिने
काभ्रे ,१२ जेठ । बिरामीको बहानामा एम्बुलेन्सहरुले यात्रु ओसार्न थालेका छन्। लकडाउनको समयमा कोरोना सम्भावित बिरामी र कोरोना संक्रमित बोक्न नमान्ने एम्बुलेन्सले यात्रु ओसारेको पाइएपछि कारवाही थालिएको हो।

कोरोना भाइरस नियन्त्रण, रोकथाम र उपचार सम्बन्धी जिल्लास्तरीय कमाण्ड पोष्टका संयोजक तथा जिल्ला एम्बुलेन्स सञ्चालन समितिका अध्यक्षसमेत रहेका काभ्रेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिना नेतृत्वको बैठकले यस्तो निर्णय गरेको हो।
जिल्ला स्वास्थ्य प्रमुख डा। नरेन्द्र झाका अनुसार जिल्लामा सञ्चालित एम्बुलेन्सहरुले बिरामीको बहानामा यात्रु ओसार्न थालेको पाइएपछि यस्तो निर्णय लिइएको हो।
समितिको बैठकले बिरामीका नाममा यात्रु ओसार्ने एम्बुलेन्स चालकलाई हदैसम्मको कारवाही गर्ने निर्णय लिएको छु, झाले भने, यात्रु ओसारेको भेटिएमा सम्बन्धित एम्बुलेन्स र चालकलाई नियन्त्रणमा लिएर चालक अनुमतिपत्रसमेत जफत गर्ने निर्णय भएको छ।