बर्बराउंदै भारत : नेपालकी छोरी मनिषा, नेपालीकै साथ
काठमाडौं, ८ जेठ ।इतिहास, तथ्य र प्रमाणका आधारमा नेपाल सरकारले भारतद्वारा अतिक्रमित दार्चुला जिल्लाको कालापानी क्षेत्र समेटेर नयाँ नक्सा सार्बजनिक गरेपछि दक्षिणी छिमेकी मुलुक भारत यतिबेला बर्बराउन थालेको छ।
बुधबार काठमाडौंमा नयाँ नक्सा सार्बजनिक भएपछी अतालिएको भारतले नेपालद्वारा सार्बजनिक नयाँ नक्सा अस्वीकार्य रहेको प्रतिक्रिया दिएको मात्र छैन। अतिक्रमीत नेपाली भूमिलाई आफ्नो भनेर अन्तर्राष्ट्रिय स्तरमै आफ्नो बिस्तारबादी चरित्र उदांग पारिरहेको छ।अन्तर्राष्ट्रिय माम्लाका जानकारहरु भारतीय पछिल्ला कदम उसकै लागि आत्मघाती हुने प्रतिक्रिया ब्यक्त गरिरहेका छन।
नेपाल सरकारको कदमबाट तिल्मिलाएको भारतको संस्थापन पक्ष मिडियाको प्रयोग गरेर अभिनेत्री मनिषा कोइराला बिरुद्ध बिषबमन गरिरहेको छ।प्रजातान्त्रिक आन्दोलनका शिखर पुरुष बीपी कोइरालाकि नातिनी र राष्ट्रबादी नेता प्रकाश कोइराला पुत्री मनिषाबिरुद्द भारतीय मिडिया खनिएपनी सिंगो नेपाल नेपालकि छोरीमाथी गर्बको अनुभुति गरिरहेको छ। सामाजिक संजाल देखि सन्चारमाध्यमसम्म मनिषाको प्रशंसामा समय खर्च गरिरहेका छन। सिंगो नेपाल मनिषाको पक्षमा एकढिक्का भएर उभिंएका बेला भारतीयहरुले देखाइरहेको रबैया खेदजनक भएको प्रतिक्रिया व्यक्त भैरहेका छन।
नेपाल(भारत सीमा विवादमा नेपालको पक्षमा ट्विट गरेको भन्दै भारतीय सञ्चारमाध्यमदेखि ट्विटर प्रयोगकर्तासम्म अभिनेत्री कोइराला विरुद्ध खनिनु सांच्चिकै आश्चर्यजनक कुरा हो।
भारतीय टेलिभिजन च्यानल एबिपी न्युजले त उनको ट्विटलाई लिएर समाचार नै बनाएको छ। ‘भारतको नुन खाएर चीनको गीत गाउनेरु,’ एबिपी न्युजले समाचार लेखेको छ।
भारतले कब्जा गरेको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको नक्सा प्रकाशित गर्ने सरकारको निर्णयलाई स्वागत गर्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले लेखेको ट्विटर मेन्सन गर्दै कोइरालाले लेखेकी थिइन्, ‘हाम्रो सानो राष्ट्रको गरिमा बनाइरहनु भएकोमा धन्यवाद। तीन राष्ट्रबीच शान्तिपूर्ण र सौहार्दपूर्ण वातावरणमा छलफल होस् भन्ने आशा गर्छौं।’नेपालको कोइराला परिवारमा जन्मिएर भारतलाई कर्मथलो बनाएकी कोइरालाले बलिउड फिल्म जगतमा लोकप्रिय नायिकाको छवि बनाएकी थिइन्। दर्जनौं सुपरहिट हिन्दी फिल्म दिएकी कोइरालाको गणना अहिले पनि अब्बल अभिनेत्रीको रुपमा हुने गर्छ।