जलविद्युत् उत्पादकको समस्याप्रति सरकार गम्भीर देखियो : उर्जा उत्पादक भण्डारी
काठमाडौं ५ जेठ । जलविद्युत् उत्पादक कृष्णप्रसाद भण्डारीले जलविद्युत् उत्पादकको समस्याप्रति सरकार गम्भीर भएको बताएका छन् ।
हालै उर्जा, जलश्रोत तथा सिँचाईमन्त्री वर्षमान पुनसँग सिंहदरवारमा भएको भेटमा कोरोनाले पारेको प्रभावको समाधानबारे छलफल भएको उनले बताए ।कोरोना भाइरसले यस क्षेत्रमा पारेको प्रभाव र यसका वर्तमान र दीर्घकालीन समस्याका र निराकरणबारे पनि मन्त्रीसँग छलफल भएको उनले बताए । उर्जा उत्पादनको क्षेत्रमा लामो समयदेखि सक्रिय भण्डारीले मन्त्रीसँगको भेट सकारात्मक भएको जनाए ।
जलविद्युत्को क्षेत्रमा निजी व्यवसायीले गरेको योगदानको मूल्यांकन गर्न पनि उनीहरुले सुझाव दिएका छन् । भण्डारीले उर्जा उत्पादनमा आफूहरुको ठूलो लगानी रहेको भन्दै यसको संरक्षणका लागि पनि पहल गरिदिन मन्त्रीलाई आग्रह गरेका थिए । प्रतिनिधिमण्डलले मन्त्रीको संयोजकत्वमा यससम्वन्धी समस्या समाधानका लागि उत्पादकसमेतको सहभागिता रहने गरी विशेष समिति गठन गर्न पनि आग्रह गरेका छन् ।
स्वतन्त्र विद्युत् उत्पादकहको संस्था (इपान) ले मन्त्री पुनलाई सरकारको कोरोना राहत कोषमा जम्मा हुने गरी १ करोड ११ लाख ११ हजार १ सय ११ रुपैंया आर्थिक सहयोग गरेको छ । इपानका अध्यक्ष शैलेन्द्र गुरागाइले मन्त्रीलाई चेक हस्तान्तरण गरेका हुन् । व्यवसायीहरु मोहनकुमार डाँगी र गणेश कार्कीको विशेष पहलमा सो रकम संकलन गरिएको थियो ।