कोरोनाबाट ज्यान गुमाएकी महिलाको शिशुसहित परिवारको पिसिआर रिपोर्ट नेगेटिभ
काठमाडौं, ५ जेठ । धुलिखेल अस्पतालमा कोरोना भाइरस (कोभिड–१९) को कारण पहिलोपटक नेपालमा ज्यान गुमाएकी सुत्केरी महिलाको परिवारको परिक्षण रिपोर्ट आएको छ ।
कोरोना संक्रमणबाट निधन भएकी महिलाको शिशुसहित परिवारको रिपार्ट आएको हो । रिपार्ट अनुसार ती महिलाका परिवारका कुनै पनि सदस्यलाई कोरोना संक्रमण पुष्टि भएन ।
उनीहरुमा कोरोना संक्रमण नेगेटिभ देखिएको छ । सिन्धुपाल्चोक निवासी २९ वर्षीया महिलाको बिहीबार निधन भएको थियो । महिलाको शिशु, श्रीमान लगाएत परिवारका सबै सदस्यको पिसिर परिक्षण नेगेटिभ आएको धुलिखेल अस्पतालले जनाएको छ।