टिचिङ अपतालमा कुनै पनि स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण नभएको अस्पतालद्धारा पुष्टि
काठमाडौं ३ जेठ । त्रिवि शिक्षण अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण नभएको अस्पताल प्रशासनले स्पष्ट पारेको छ। अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. प्रेम कृष्ण खड्गाले एक विज्ञप्ति जारी गर्दै अस्पतालमा कार्यरत कुनै पनि अस्पतालकर्मीलाई कोरोना संक्रमण नभएको प्रष्टिकरण दिएका हुन्।
यस अस्पतालका कर्मचारीमा कोरोना संक्रमण भएको भन्दै यसअघि विभिन्न सञ्चारमाध्याममा प्रकाशित समाचारप्रति ध्यानाकर्षण भएको जनाउँदै अस्पतालले सत्यतथ्य नबुझी छिटो खबर प्रकाशित गर्ने होड नगर्न आग्रह गरिएको छ। यस्ता खबरले पत्रकारिताको विश्वसनीयतामाथि प्रश्न उठ्न जाने र समाजमा अनावश्यक रुपमा त्रासको वातावरण बन्ने भएकाले संयमता अपनाउन अनुरोध गर्दछौं, विज्ञप्तिमा भनिएको छ।
साथै यही जेठ १ गते संक्रमित फेला परेकी ६ वर्षीया बालिकाको स्वास्थ्यअवस्था सामान्य रहेको पनि अस्पतालले जनाएको छ। उनीमार्फत सक्रमणको सम्भावना भएकाहरुको व्यवस्थापन, आइसोलेसन र परीक्षण कार्य जारी रहेको पनि बताइएको छ।