विद्यार्थीले लकडाउनमा यसरी समय सदुपयोग गर्नुहोस
-मोतीराम बास्तोला
हाल विश्वव्यापी रुपमा विकराल अवस्थामा फैलिदै गएको यो मानव संहार विनासकारी कोरोना भाइरसले वर्तमान परिप्रेक्षमा विश्वमा २१० भन्दा बढी मुलुकर्ला अछुतो राखेन । यसै कारणले अहिले यी सबै मुलुकका हरेक उद्योग, पेशा, व्यवसाय गर्ने मानिसहरुका साथै शैक्षिक क्षेत्र पनि अछुत रहन सकेन । त्यसैले अहिले हामी सबै मानिसहरु यो रोगको सिकार हुनबाट जोगिन विभिन्न विद्वान, डाक्टर, अनुसन्धानकर्ता आदिको विचार अनुसार सामाजिक दुरी कायम राख्ने, भिडभाडमा नजाने, अत्यावश्यक काममा बाहेक घरबाट बाहिर ननिस्कने, शक्तिबर्धक वा स्वास्थ्यबर्धक खाने कुरा खाने, शरीर ढाक्ने कपडा लगाउने, माक्स, पञ्जा लगाउने, बेलाबेला साबन पानीले २० सेकेन्डसम्म मिचीमिची हात धुने आदि काम र व्यवहार गर्दा कोरोना भाइरसले हामीलाई आक्रामण गर्न सक्दैन भन्ने निष्कर्ष निकालिएको छ । त्यसैले सबै महानुभावहरुलाई सुरक्षित भएर आपूm पनि बाँचौँ र अरुलाई पनि बचाउनु होला । यो रोगबाट बच्न र बचाउनका लागि हरेक मुलुकका सरकारले लकडाउन गरेको अवस्थामा हाम्रो देशमा पनि अहिले लकडाउन भएको धेरै समय भइ सक्यो तर पनि यो लकडाउन कहिले खुल्ने र कहिले हाम्रो जीवनशैली पहिलेको जस्तो होला भन्ने कुरा कसैले पनि सोच्न नसक्ने यो अवस्थामा हामीले विशेष गरी विद्यालय स्तरमा अध्ययन गर्ने विद्यार्थीहरुलाई अत्यन्तै उपयोगी कुराहरु उजागर गर्ने कोसिस गरेका छौँ । जुन निम्नानुसार छन्
१) विद्यार्थीहरुका अङ्ग्रेजी तथा नेपाली अक्षरहरु राम्रा बनाउन दैनिक दुई दुई पाना लेख्ने,
२) आफ्नो स्तर अनुसारका अङ्ग्रेजी तथा नेपाली विषयका व्याकरणात्मक कुराहरु, घोक्ने, कण्ठ गर्ने,
३) विज्ञान, कम्प्युटर, सामाजिक लगायत विभिन्न खालका विषयका आवश्यक र भविष्यमा काम लाग्ने चित्रहरु बनाउने,
४) हरेक व्यक्तिलाई भविष्यसम्म काम लाग्ने नेपालको नक्सा बनाइ विभिन्न ठाउँहरु भर्न जान्ने हुने,
५) हातबाट बन्ने विभिन्न चित्रहरु, कागजबाट बन्ने क्राफ्ट, काठबाट बन्ने विभिन्न औजारहरु बनाउने,
६) चुट्किला, कथा, कविता, उपन्यास आदि पढ्ने, बुझ्ने र आपूmले पनि लेख्न जान्ने हुने,
७) कतिपय पढ्न लेख्न नसन्ने नजान्ने विद्यार्थीहरुलाई पढ्न लेख्ने अवसर हुने साथै सुनेर लेख्ने, हेरेर लेख्ने, छिटो लेख्ने आदि कुराको अभ्यास गराउने,
८) खेल्न रुचि हुने विद्यार्थीहरुलाई घरमा बसेर वा थोरै ठाउँमा खेल्ने खेलमा निपूर्णता ल्याउने,
९) इन्टरनेटको सुविधा भएका ठाउँमा इन्टरनेटबाट विभिन्न खालका ज्ञानबर्धक कुराहरु खोजेर चलचित्र, भिडियो, टेलिश्रृङ्खला आदि हेरेर, गीत कविता, कथा आदि सुनेर मनोरञ्जन तथा ज्ञान प्राप्त गर्न सक्ने तथा आफूले पनि गाउने, भन्ने र त्यस्तै नक्कल गर्ने,
१०) माथिल्लो तहका विद्यार्थीहरुले नेपालको संविधान, नेपालका ऐतिहासिक घटनाक्रम, प्रथम, द्वितीय विश्वयुद्ध, विभिन्न महादेशका आर्थिक सामाजिक कृयाकलापका बारेमा जान्न,
११) कतिपय विद्यार्थीहरुसँग पुराना किताबहरु छन्, नभए वरिपरिका दाइ, दिदीहरुसँग मागेर खोजेर ल्याएर पढ्ने र नजानेका कुराहरु दाइ, दिदी, अभिभावकलाई सोधेर जान्ने साथै कतिपय किताब पनि मोबाइल तथा कम्प्युटरमा एप्स डाउनलोड गरेर पढ्न सकिने,
१२) ढिला लेख्ने, शुद्ध र स्पष्ट नलेख्ने नेपालीमा आकार, ईकार, उकार, ह्रस्व, दीर्घ जस्ता कुरामा सुधार ल्याउने,
१३) शब्द भण्डारको वृद्धि गर्न दैनिक नेपाली तथा अङ्ग्रेजीका शब्दहरु लेख्ने, पढ्ने,
१४) गणित विषयमा टेबल लेख्ने पढ्ने, शुत्रहरु पढ्ने, समान्य खालका हिसाबहरु गर्ने,
१५) घरमा अरु व्यवहारिक कामहरु सिकाउने र काम सिक्ने जस्तै : खाना पकाउने, भाँडा धुने, लुगा धुने, घर सफा गर्ने आदि ।
माथि उल्लिखित कुराहरु विद्यार्थीहरु आफै गर्न नसक्ने हँदा र उनीहरुले पढाइप्रति विशेष ध्यान, रुचि, चहाना, इच्छा नदिने हुँदा आफ्ना भाइ, बहिनी छोराछोरीहरुलाई अभिभावक आफैँले उनीहरुलाई सहयोग गरेर सही मार्गमा लाग्न र सफल व्यक्ति बनाउने जिम्वेवारी कुशलपूर्वक लागि पर्नु पर्ने देखिन्छ । अहिले हामी सबै विगत एक महिनादेखि आफ्ना घरमा परिवारकै साथमा छौँ । समय भए म यति सिकाउथेँ, यस्तो लेखाउथेँ, पढाउँथेँ भन्ने सोच विचार भएका अभिभावकहरुलाई ठुलो अवसर प्राप्त भएको छ साथै विद्यालयले केही पढाएन, सिकाएन, केही गरेन, मेरा छोरा छोरीलाई राम्रो हेरेन, भनेर पढाइका कुरा जोडेर कस्तो विद्यालय भन्दै विद्यालयप्रति वैमनष्य राख्ने, शिक्षकलाई गाली गर्ने र आपैmँलाई सर्वश्रेष्ठ ठानेर आफ्नो बडप्पन प्रस्तुत गर्ने केही अभिभावकहरुको तितो अनुभव समग्र विद्यालय तथा शिक्षकहरुले भोगेकै छ भन्ने ठानेका छौँ त्यसैले यी समग्र कुराहरुलाई मनन गरी अभिभावकहरुले पनि आफ्ना बाल बच्चालाई सुधार्ने ठुलो मौका पाउनु भएको छ । आपूmले पनि सबै कुरा सुधार गरेर अबको दिनमा आफ्ना छोरा, छोरी भाइ, बहिनीहरुलाई सक्षम बनाउनु हुनका लागि हामी अभिभावक ज्यूहरुलाई हार्दिक अनुरोध गर्दछौँ ।