कोरोनाको कहर : नारी साहित्यकारलाई



प्रस्तुति : गणेश खतिवडा 

सिर्जनात्मक काम गर्न एकान्त आवाश्यक पर्छ । विभिन्न पेशा वा व्यवसायमा संलग्न रहेर साहित्य सिर्जना गर्दै आउनुभएका साहित्यकारहरू एकान्त वातावरण नपाएर आफ्ना सिर्जना हराएर जाने गरेको गुनासो गर्नुहुन्छ कहिलेकाही । तर एउटै यथार्थ सबै परिस्थितिमा लागु नहुँदोरहेछ । के सबैखाले एकान्तमा साहित्य सिर्जना गर्न सकिन्छ त ?

विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरसको त्रास अहिले सर्वत्र फैलिएको छ । यसले गर्दा कतिपय मुलुकहरू अहिले लकडाउनमा छन् । यसले सबैखाले मानिसलाई फुर्सद र एकान्त दुबै मिलेको छ । यो नै हो सिर्जनाकर्मका लागि आवाश्यक पर्ने वातावरण । तर मनमा गढेको त्रासको मनोविज्ञानले उक्त वातावरणलाई बिथोलेको त छैन रु कि यसले झनै जोशिलो पारेर सिर्जनाकर्ममा लाग्न प्रेरित गरेको छ ?

मेरो आफ्नै कुरा गर्ने हो भने यो समयमा खासै सिर्जनशील बन्न नसकेको अवस्था हो । तैपनि पहिले शुरुआत गरेका तर पूरा गर्न नसकेका कविताहरू पुनस् कोट्याउने कोशिश गर्दैछु । परिवारलाई मज्जाले समय दिन पाएको छु । खाना पकाउन सिक्दैछु । साथै हिन्दी र उर्दूका साहित्यिक कार्यक्रमहरू नियाल्दैछु ।

लकडाउनको समयमा पुरुषहरूको झैँ आफ्नो फुर्सद नभएको कुरा महिलाहरूले बताउँदै आएका छन् । नेपाली साहित्यका विविध विधामा कलम चलाउँदै आउनुभएका प्रतिनिधि नारी साहित्यकारहरूलाई मैले प्रश्न राख्दा निम्न प्रश्न राख्दा यस्ता उत्तरहरू प्राप्त भए ।

प्रश्न :अभिवादन प्रिय स्रष्टा ! लकडाउनको फुर्सद र यो एकान्तबास पक्कै कहरपूर्ण र पीडादायी बनिरहेको छ ।
तथापि यो समयमा पनि सिर्जनाका फूलहरू फुलाउन सकिन्छ । कसरी सिर्जनशील बनिरहेछ समयरु केकस्ता योजना बनाउनुभाछरु एउटा छोटो अनुच्छेदमा अलिकति लेखिदिन मिल्छ कि ?

उत्तरहरू:

बिबिधा भारती

समय बितिसक्यो डर लागिरहेछ घुम्ने घडीसँग
चल्न सकिन परदेशमा म समयको हत्कडीसँग
बाँचे आउँनेछु जहाजमा मरे रातो बाकसमा आमा
टाढा बस्नु सबै कोरोना खेलेकोछ मेरो बडीसँग

-बिबिधा भारती

सुमन सङ्गम

म त अलिक गृहणी नै भाको छु अहिले त । बुटवल बाट बहिनी केटाकेटी सबै यतै मसँग आएर बसेका छन् । अनि धेरै जनामा फुर्सदिलो हुन अलिक गाह्रो तर पनि केही समय निकालेर साहित्यमा आँखा लगाउने कोसिस चाहिँ गरेकी छु ।
कहिले साना साना कविता कहिले संस्मरण र कहिले अग्रज कवि हरुको कविता अध्ध्यन ।

यसरी नै समय बिताउदैछु लकडाउनको समयमा ।

-सुमन सङ्गम

मिरा ज्ञवाली

यो घरभित्रको बसाई मा टि भी, पत्रिका हेरेर बिताएकी छु। समाचारहरु सुन्दा सुन्दा थकित भएको यो मनलाइ केही रचनाहरू सृजना गरेर दिन बिताउने कोसिस गरेकी छु।

-मिरा ज्ञवाली

सीता आस्था ढुङेल

ए हल्का लेख्यो बस्यो खायो सुत्यो ।

सीता आस्था ढुङेल

सुशिला शर्मा

दिशा बिहिन र शून्य दिमाग पो भैयो हजुर कोरोनाको त्राशले ।

सुशिला शर्मा

हिमा भुषाल ‘प्रकृती’

लकडाउनको अवस्थामा दिमागमा झन् लकडाउन भएकोले सृजनाका फूलहरू फूल्न सकेनन् तसर्थ पाठकरूपी भमराहरू डुल्न सकेनन् ।

-हिमा भुषाल ‘प्रकृती’

सुशिला विष्ट

अभिवादन !
लकडाउनको पीडा पक्कै पनि छ,त्यो बेग्लै छ।तर सर्जकहरूका लागि यो एउटा अवसर हो।सर्जकहरू स्वभावैले एकान्तप्रेमी हुन्छन् ।लकडाउनको यो एकान्तबासलाई सर्जकहरूले मजाले उपयोग गर्न सक्नुहुन्छ।अघिपछिको समयमा दौडधूपका कारणले हाम्रो शरीर र दिमाग दुवै थाकेको हुन्छ।थकित दिमागले नयाँ सिर्जना गर्न कठिन हुन्छ। यो फुर्सदको समयमा भएको ताजा दिमागलाई हामीले सिर्जनामा फुलाउन सक्छौँ। मेरो कुरा गर्नुहुन्छ भने म जोस आउँदा लेख्छु र बाँकी समय पुराना लेखहरूलाई पढ्ने गरेको छु। लेख्दै थन्क्याउँदै गरेका पन्नाहरूलाई पल्टाएर पढ्दा छुट्टै आनन्द आउँछ। खासै ठूलो योजना केही छैन,अहिलेका लागि बस् लेख्ने पढ्ने आनन्द लिने ।

सुशिला विष्ट

सुमित्रा सुमी

खेतबारीमा मकै रोपेर नयाँ बिरुवाहरूको मात्र सिर्जना भैरहेको छ अचेल १ साहित्य सिर्जनामा नयाँ केही गर्न सकिएको छैन १ भोको पेटले ज्ञान चपाएर चाउरिएको भुँडी नतन्किँदो रहेछ १ लकडाउनको बन्दीगृहमा आफूलाई जवर्जस्ती राखेर कोरोनाको त्राससँगै बाँच्ने आशाको त्यान्द्रो साँचिरहेकी छु१

-सुमित्रा सुमी

रज्जु बिडारी

खोइ सर यो समयको सदुपयोग गरे त उपन्यास नै तयार हुने थियो ।तर लेख्न समय मात्रै भएर नहुँदो रहेछ । मानसिक तनावबाट पनि मुक्त हुनुपर्ने रहेछ। कोरोनाको कहरमा मैले त केही लेखेकै छैन ।घरको काम गर्यो ,बच्चासँगै लुँडो खेलेर बच्चालाई भुलायो,बरू रमाइलो फिल्म हेर्यो गरेर बित्दैछ। बिहानै उठ्यो चुनावमा कसले कति भोट पायो भनेर हेरेझैँ कुन देशमा कति बिरामी भए कतिको मृत्यु भयो भनेर हेर्‍यो ।अनि लेख्न त दिमागले काम नै गर्दैन ।

-रज्जु बिडारी

गणेशप्रसाद खतिवडा
थुलुङ दूधकोशी गाउँपालिका
वडा नं  ३, पञ्चन, सोलुखुम्बु
9851166796

प्रतिक्रिया दिनुहोस्