“गजल” विपिन मर्म काठमाडौं



कतै पैसा कतै हजुर चोली बिक्छ बजारमा
कि त पहुँच हुनु पर्यो, बोली बिक्छ बजारमा

नाराहरु घन्किरा’छन, कानूनहरु बनिरा’ छन,
अझै दाइजो भरिएको डोली बिक्छ बजारमा

हुनमानको झुण्ड बढ्दा झुण्डे रामको भाउ बढ्यो,
दुधको साक्षी बिरालोको टोली बिक्छ बजारमा

धनी देशको सूचि हेर्दा अन्तिम तिर देश देख्छु,
कै’ले देशको साँचो कै’ले झोली बिक्छ बजारमा

पसाल ै ने पै सा तान्छ, क ै बिक्द े न भन्न ै गाह ै ा्र,े
परेवाको हुलबाटै गोली बिक्छ बजारमा

प्रतिक्रिया दिनुहोस्